Logo

२ फागुन,काठमाडौँ । विश्वकप लिग–टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा नेपालले नामिबियालाई २ विकेटले हराएको छ । नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाउँदै ४८ औँ ओभरमा पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले ११५ रन बनाउनुभयो ।

यस्तै कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८ र ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गर्नुभयो । करण केसी रनमा नटआउट रहनुभयो ।आजको खेलमा नेपालले अहिलेसम्मकै धेरै रनको लक्ष्य भेट्टाएको हो । नेपालले आज राष्ट्रिय टिम (पुरुष) को मूख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा पहिलो खेल खेलेको हो ।

यस्तै एकदिवसीय अन्तराष्ट्रियमा नेपालले नामिबियालाई पहिलो पटक हराएको हो । यसअघिका चार खेलमा नेपाल पराजित भएको थियो । ओपनर आसिफ शेख सुन्य मै आउट भएपनि कुसल र रोहितले तेस्रो विकेटका लागि १३६ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ अग्रसर गराउनुभयो ।

त्यसअघि, कीर्तिपुरमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले अलआउट हुँदै २८५ रन बनाएको थियो । नेपालका करण केसीले पाँच, सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिनुभयो ।

नामिबियाका मिचेल भान लिंगेनले १३३ र जेराड इरास्मसले ५६ रन बनाउनुभयो । लिंगेनले १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्नुभएको थियो ।

एकदिसवसीय मान्यता जोगाइराख्न नेपाललाई लिग टू अन्तरगत अबका ११ खेलमध्ये कम्तिमा ८ खेल जित्नुपर्ने बाध्यता छ । जारी शृंखलामा नेपालले नामिबिया र स्कटल्यान्डसँग दुई दुई खेल खेल्नेछ ।

 


सम्बन्धित समाचार