२ असार, काठमाडौँ। मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरू मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानको समर्थनमा निलो रिबन लगाएर संसद भवनमा उपस्थित भएका छन्।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, निलो रिबनलाई मानव तस्करीविरुद्धको विश्वव्यापी प्रतीक मानिन्छ। रास्वपाले संघीय सदनमा निलो रिबन लगाएर मानव तस्करीको विरोध जनाउने बताएको छ।
यसअघि, रास्वपाका सांसदहरूले संसदमा विभिन्न विषयमा नाराबाजी गर्दै र सभामुखको आसनअघि पलेँटी कसेर विरोध प्रदर्शन गर्दै आएका थिए। यसपटक उनीहरूले मानव तस्करीविरुद्धको अभियानमा आफ्नो ऐक्यबद्धता जनाएका हुन्।















