Logo

५ असार, काठमाडौं । देशको पछिल्लो राजनीतिक अवस्था र साझा सहकार्यका विषयमा छलफल गर्न आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक बस्दैछ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्। बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने तय भएको छ।

यसअघि बुधबारका लागि तय गरिएको बैठक प्रचण्ड काठमाडौँ बाहिर रहेकाले सारिएको हो। प्रधानमन्त्री ओलीका सचिवालय सदस्य दीपेन्द्र दाहालका अनुसार तीन शीर्ष नेताबीचको यो भेटवार्ता समसामयिक राष्ट्रिय मुद्दामा सहमति जुटाउने प्रयासको रूपमा हेरिएको छ।

 छलफलका एजेन्डाहरू

संवैधानिक परिषद् सम्बन्धी विषयहरू, संघीयता र बजेट कार्यान्वयनको अवस्था, आगामी राजनीतिक सहकार्य र साझा कार्यक्रम, दलहरूबीचको आपसी समन्वयको मजबूती ।

 


सम्बन्धित समाचार