Logo

६ असार, जनकपुर । भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा भव्य योग शिविर सम्पन्न भएको छ।

‘योग: शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलन’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा स्थानीय नागरिक, योगप्रेमी, विद्यार्थी, महिलाहरू तथा विभिन्न सामाजिक संस्था सक्रिय रूपमा सहभागी भए। सहभागीहरूले विभिन्न योग आसन प्रस्तुत गर्दै निरोगी जीवनशैली र मानसिक सन्तुलनको महत्व झल्काए।

भारतीय महावाणिज्य दूत देवीसहाय मीनाले कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय योग दिवस स्थापना गर्न भारतले गरेको पहल र त्यसलाई संयुक्त राष्ट्रसंघका १७७ सदस्य राष्ट्रले समर्थन गरेको प्रसंग स्मरण गराए। उनले योगले शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक शान्ति र आत्मिक उन्नति पनि प्रदान गर्ने बताउँदै नेपालका विभिन्न स्थानमा यस्ता शिविरहरू सञ्चालन गरिने जानकारी दिए ।

उनका अनुसार योगलाई जीवनशैलीको हिस्सा बनाउन र यसको लाभ सर्वसाधारणसम्म पुर्‍याउन दूतावासले निरन्तर पहल गरिरहेको छ।

कार्यक्रमले जनकपुरधाममा मात्र नभई नेपालभर योगप्रतिको उत्साह र जागरूकता झन् बढिरहेको सन्देश दिएको छ।


सम्बन्धित समाचार