Logo

६ असार, काठमाडौं  । नेपाली कांग्रेसले प्रतिनिधि सभामा जारी होहल्लाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न नहुने धारणा व्यक्त गरेको छ।

रास्वपाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा पनि अवरोध जारी राख्ने बताएपछि कांग्रेसले यस्तो अडान लिएको हो। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शान्त वातावरणमा मात्र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्नेमा जोड दिएका छन्। होहल्लाका बीचमा प्रधानमन्त्रीलाई उभ्याउनु राम्रो होइन। शान्त वातावरण बन्छ भने गरौँ, नभए नगरौँ भन्ने मेरो सुझाव छ, घिमिरेले बताए।

आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आजको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा राखिएको छ। सभामुख देवराज घिमिरेले पनि शान्त वातावरणमा कार्यक्रम सञ्चालन गर्न रास्वपालाई आग्रह गरिसकेका छन्।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै वेल घेराउ र नाराबाजी गर्दै आएको छ। यसले गर्दा संसदीय गतिविधि प्रभावित हुँदै आएका छन्।


सम्बन्धित समाचार