Logo

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लगातारको विरोधका कारण प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ।

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको थियो। तर, रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदनमा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले विशेष कारण देखाउँदै उक्त कार्यक्रमलाई कार्यसूचीबाट हटाएको घोषणा गरेका छन्।

यसअघि, नेपाली कांग्रेसले पनि होहल्लाका बीच प्रधानमन्त्रीलाई रोस्ट्रममा उभ्याउन नहुने धारणा व्यक्त गरेको थियो। यस घटनाले संसदीय प्रक्रियामा देखिएको गतिरोध थप लम्बिएको छ।


सम्बन्धित समाचार