६ असार,वीरगञ्ज । बारा जिल्लाको फेटा गाउँपालिकाले आज आफ्नो १६औँ गाउँसभा सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँको महत्वाकांक्षी नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्।
गाउँसभामा बजेट प्रस्तुत गर्दै अध्यक्ष अन्सारीले समावेशी विकास, दिगो प्रगति र नागरिकमुखी सेवा प्रवाहलाई आगामी वर्षका प्रमुख प्राथमिकता बनाइएको जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक सुरक्षा, कृषिको आधुनिकीकरण तथा रोजगारी सिर्जनालाई बजेटको केन्द्रबिन्दुमा राखिएको उल्लेख गरे।
अध्यक्ष अन्सारीले गाउँको समग्र विकास सुनिश्चित गर्न सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।
गाउँसभामा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, अन्य जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले गाउँपालिकाको कार्यसम्पादन, बजेटको पारदर्शिता, योजना कार्यान्वयन तथा सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने सुझावहरू दिएका थिए।















