प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ असार, काठमाडौं । काठमाडौँ उपत्यकाको एक व्यस्त चोक ललितपुरस्थित ग्वार्कोमा निर्माण गरिएको ओभरपासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच उद्घाटन गरेका छन्। यससँगै चक्रपथमा बढ्दो सवारी चाप व्यवस्थापनका लागि महत्त्वपूर्ण संरचना सञ्चालनमा आएको छ।

चक्रपथ विस्तार आयोजनाअन्तर्गत कोटेश्वरदेखि कलङ्कीसम्मका तीन प्रमुख जाम हुने क्षेत्रमध्ये ग्वार्को चोकमा यो पहिलो ओभरपास निर्माण भएको हो। ओभरपास ६ मिटर अग्लो र ४५५ मिटर लामो रहेको छ। सवारी साधनहरू चढ्नका लागि दायाँतर्फ १ सय ८० मिटर र बायाँतर्फ १ सय १० मिटरको र्‍याम्प निर्माण गरिएको छ, जसले सवारी आवागमनलाई सहज बनाउनेछ।

यो ओभरपासले ग्वार्को क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न र यात्रुहरूलाई सहज यात्रा अनुभव प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार