Logo

८ असार, काठमाडौं । नेकपा एमालेका शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । निवर्तमान महासचिव रहेका शाही लाई नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं राष्ट्रिय सम्मेलनले अध्यक्ष नियुक्त गरेको हो । यसअघि उनीसँगै कमला थापा र यमबहादुर कुँवरले पनि अध्यक्षका लागि आकांक्षा देखाएका थिए।

नयाँ कार्यसमितिमा को–को ?

वरिष्ठ उपाध्यक्षः जंगबहादुर गर्बुजा
उपाध्यक्षः गोविन्द भण्डारी
महिला उपाध्यक्षः अम्बिका चापागाईं
महासचिवः प्रकाश खनाल
कोषाध्यक्षःनरबहादुर रावल
उपमहासचिवः श्रीराम दाहाल
खुला सचिवः बामदेव सुवेदी
महिला सचिवः बेणु काफ्ले


सम्बन्धित समाचार