Logo

सेढवा ५ फागुन, पर्सा । पर्साको पटेर्वासुगौली गाउपालिका वडा नं ५ स्थित निचुटा स्वास्थ्य चौकीमा ५ दिने निशुल्क आखा शिविरमा १ सय साठी जनाको शल्यक्रिया गरिएका छन। सो शिविरमा एक हजार एक सय जनाको आखा चेकचाज गरिएको डा सुनिल थकालीले बताए।

जसमध्ये एक सय पचहरी जनाको आखामा मोतिया बिन्दु रहेका डा थकालीले बताए। शिविरमा ती बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको साथै औषधी तथा चस्मा निशुल्क बितरण गरिएका थिए। सो शिविरमा पर्सा बारा र भारतका नागरिकहरुले आखा चेकजाँच गराएका स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद कर्णले बताए।

शिविरमा टाढाबाट आएका बिरामीहरुका लागि बस्ने तथा खानाको निशुल्क व्यवस्था मिलाइएको इन्चार्ज कर्णले बताए। हेटौडा सामूदायिक आखा अस्पताल, तिलगंगा आखा प्रतिष्ठान र तेज कोहती रुइत फाउन्डेशनको संयुक्त आयोजनामा सो शिविर संचालन गरिएको हो ।

शिविरलाई पटेर्वासुगौली गाउँपालिकाले स्थानीय आयोजकका रुपमा कार्यक्रम संचालन गरेका छन।


सम्बन्धित समाचार