Logo

९ असार, काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा एमालेले आगामी आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) पारितको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ।

एमाले संसदीय दलको कार्यालयले असार १० गतेको प्रतिनिधिसभा बैठकमा बजेट निर्णयार्थ पेस हुने कार्यसूची रहेकाले अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। एमालेका मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।

यो ह्विप सत्तारुढ गठबन्धनभित्रै बजेटमा असहमति देखिएपछि आएको हो, जहाँ नेपाली कांग्रेसका सांसदहरूले बजेटमा गम्भीर टिप्पणी र असहमति जनाएका छन्। यसले बजेट पारित गर्ने प्रक्रियामा केही राजनीतिक दबाब सिर्जना गरेको देखिन्छ।


सम्बन्धित समाचार