Logo

१० असार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेताहरूको बैठक हाल प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

आजको यस उच्चस्तरीय भेलामा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राई लगायतका प्रमुख नेताहरू सहभागी छन्।

बैठकको मुख्य सम्भावित कार्यसूचीमा प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने विषय रहेको छ। यसका साथै, सरकार सञ्चालनका विभिन्न महत्त्वपूर्ण सन्दर्भमा पनि छलफल भइरहेको बताइएको छ। यस बैठकले आगामी संसदीय प्रक्रिया र सरकारका नीतिगत निर्णयहरूमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार