Logo

१० असार, काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले स्वागत गरेको छ। माओवादी केन्द्रका सांसद वर्षमान पुनले मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै जेठ २ गते भएको सहमतिअनुसार समिति गठन गरेकोमा सरकारलाई धन्यवाद दिए।

जेठ २ गते भएको सहमतिअनुसार सरकारले हिजै मात्र उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ,ु सांसद पुनले भने, ुजसको जानकारी माननीय गृहमन्त्रीले सम्मानित सदनमा प्रस्तुत गर्नुभएको छ। म सरकारलाई छानबिनका लागि, अध्ययनका लागि उच्चस्तरीय छानबिन समिति जुन बनाएको छ, म त्यसका निम्ति सरकारलाई धन्यवाद व्यक्त गर्दछु।

पुनले समितिले तथ्यसंगत ढंगले छानबिन नगरेमा जनताले आलोचना गर्ने चेतावनीसमेत दिए। ुतथ्यसंगत ढंगले छानबिन भएन, यसमा अविश्वास भयो भने निश्चय पनि सार्वजनिक रूपले जनताले निगरानी गरिराख्नेछन्,ु उनले भने, आलोचना हुन्छ, खण्डन हुनेछ।

 

 


सम्बन्धित समाचार