Logo

१० असार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे का लागि बोलाइएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुहरू मा छलफल गरिनेछ।

एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिसकेको छ। यो बैठक महाधिवेशनको तयारीलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण मानिएको छ।


सम्बन्धित समाचार