१० असार, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा राखिएको ‘टेक एन्ड पे’ को व्यवस्था फिर्ता लिएको घोषणा गरेका छन्।
मंगलबार संसद्मा सम्बोधन गर्दै उनले अब वित्तीय जोखिम मूल्यांकनको आधारमा मात्रै विद्युत् खरिदबिक्री हुने स्पष्ट पारे।
अर्थमन्त्री पौडेलले भने, ‘वित्तीय जोखिम मूल्यांकनको आधारमा ऊर्जा खपत तथा निर्यात हुने एकीन भएका र नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्नसक्ने सुनिश्चितता भएका आयोजनाको विद्युत् खरिद सम्झौता गर्न सकिनेछ।’ उनले ऊर्जा विकासमा सरकारको मात्रै लगानी पर्याप्त नहुने भन्दै निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन चाहेको बताए।
बजेटको बुँदा नम्बर २२७ को आशय उत्पादित विद्युत् खेर नजाओस्, उच्च प्रतिफल दिने आयोजना अगाडि बढाऊँ र हिउँदको समयमा समेत विद्युत् आपूर्ति सहज बनाऊँ भन्ने रहेको अर्थमन्त्री पौडेलले स्पष्ट पारे। ‘टेक एन्ड पे’को व्यवस्था फिर्ता भएपछि यसले ऊर्जा क्षेत्रमा लगानीको वातावरणमा कस्तो प्रभाव पार्ला ?















