११ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार पार्टीको सचिवालय बैठक बोलाएको छ। काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र आगामी रणनीति बारे छलफल हुनेछ।
प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार, बैठकको अर्को महत्त्वपूर्ण एजेन्डा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा पनि रहेको छ। पतञ्जली जग्गा प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले नेपालविरुद्ध मुद्दा दायर गरेको हो।















