Logo

११ असार,काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खेतीको समयमा किसानले मल नपाएको भन्दै कृषि मन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले हरेक वर्ष जेठ–असारमा मल र कृषिमन्त्री एकसाथ बेपत्ता हुने गरेको भन्दै व्यङ्ग्य गरेका हुन्।

बास्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भनेका छन्, ‘बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन्, तर हरेक साल जेठ–असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन्? कसैले थाहा नपाउने भो।’

उनले राजनीतिमा घेराबन्दी तोड्ने कुरा सुनेको भए पनि मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता ननिस्किएको भन्दै कटाक्ष गरेका छन्। यसबाट किसानले भोग्नुपरेको मल अभावको समस्याप्रति उनको आक्रोश झल्किएको छ।


सम्बन्धित समाचार