Logo

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र महामन्त्री पदको विवाद अब सर्वोच्च अदालतमा पुगेको छ।

डा.मुकुल ढकालले आफू नै पार्टीको महामन्त्री रहेको भन्दै सोही हैसियतमा काम गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। बुधबार दायर गरिएको उक्त रिट निवेदनमाथि बिहीबार आज न्यायाधीश कुमार रेग्मीको इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ।

ढकालले आफ्नो रिटमा परमादेश र उत्प्रेषणसहितको आदेश माग गरेका छन्। उनले आफ्नो निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयका साथै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र पार्टी सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन्। यो रिटले रास्वपाभित्रको आन्तरिक कलहलाई थप सतहमा ल्याएको छ।


सम्बन्धित समाचार