Logo

८फागुन,वीरगञ्ज । प्रहरीले भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्याक्टर वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । फागुन ५ गते नियन्त्रणमा लिएको सामान सहितको ट्रक र ट्याक्टर सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र भएका विल बिजक पनि संकास्पद देखिएकोले सामान सहितको ट्रक र ट्याक्टर नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । बरामद गरिएको सामान सहितको ट्रक र ट्याक्टरको मुल्य अन्दाजी ९२ लाख ४८ हजार ८ सय २२ कायम गरिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार