प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१९ असार, काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष ६० हजारभन्दा बढी मानिसमा डेँगु संक्रमण हुन सक्ने आँकलन गरेको छ।

महाशाखाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेँगु फैलने समय सुरु भइसकेकोले जुनसुकै बेला, जुनसुकै ठाउँमा संक्रमण तीव्र गतिमा फैलन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे।

साउनदेखि कात्तिकसम्म उच्च जोखिम

डा.दाहालका अनुसार, साउनदेखि कात्तिक अन्तिमसम्म डेँगु संक्रमण अत्यधिक बढ्ने उच्च जोखिम रहेको छ। हालसम्म ७३ जिल्लाबाट करिब १ हजार ६ सय जनामा डेँगु संक्रमण पुष्टि भएको भए पनि यो वास्तविक संख्याभन्दा कम भएको उनले बताए। यसको मुख्य कारण बिरामीमा लक्षण नदेखिनु, डेँगु परीक्षण नगर्नु र परीक्षण भए पनि रिपोर्ट नदिइनु रहेको दाहालको भनाइ छ।

नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय

महाशाखाले डेँगु संक्रमण बढ्ने अनुमानका आधारमा आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको जनाएको छ। डा। दाहालले डेँगु नियन्त्रणका लागि स्थानीय तहको सबैभन्दा ठूलो भूमिका हुने भन्दै उनीहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जानकारी दिए।

डेँगुबाट बच्नका लागि व्यक्तिगत सरसफाइमा ध्यान दिन र पानी जम्ने ठाउँहरू सफा राख्न महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।


सम्बन्धित समाचार