प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१९ असार, काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुञ्जन राई रहेका छन्। साइबर ब्युरोका अनुसार, राईलाई हिजो ललितपुरको बाँडेगाउँबाट नियन्त्रणमा लिइएको हो। गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएपछि यो कारबाही अघि बढेको हो।

हाल आरोपी राईविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।


सम्बन्धित समाचार