Logo

२३ असार, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस भएका तीन जना न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको छ ।

आज बिहान बसेको सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा, र श्रीकान्त पौडेलको नाम अनुमोदन गरेको हो । साथै, महेशकुमार नेपाललाई न्याय परिषद् सदस्यमा अनुमोदन गरिएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिएकी छन् । अनुमोदित न्यायाधीशमध्ये थापा र पौडेल हाल उच्च अदालतका मुख्य न्यायाधीश छन् भने पोखरेल वरिष्ठ अधिवक्ता हुन् ।

समितिकी सभापति न्यौपानेले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताको सिद्धान्तलाई ध्यान दिन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाको ध्यानाकर्षण गराएको पनि बताइन् ।


सम्बन्धित समाचार