Logo

२३ असार, काठमाडौं । ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको गडबडीको छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको नेतृत्वलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै रास्वपाका प्रवक्ता मनिष झाले प्रश्न उठेको दलकै नेताको नेतृत्वमा छानबिन समिति बनाउन लागिएकोमा असहमति व्यक्त गरेका हुन्। उनले एक वर्षअघि रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा प्रश्न उठ्दा आफूहरूलाई संसदीय छानबिन समितिको नेतृत्व दिन नहुने भन्दै अन्य दलले धारणा राखेको स्मरण गराए। अहिले जसको विषयमा आशंका उब्जिएको छ, त्यसकै नेतृत्वमा समिति बन्न लागेको भन्दै झाले आपत्ति जनाए।

कांग्रेसको नेतृत्वमा समिति गठन सहमति

संघीय निजामती कर्मचारी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गर्दा कुलिङ पिरियडबारे गडबडी भएको थियो। उक्त समितिको सभापति कांग्रेसका सांसद रामहरि खतिवडा हुन्। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ को ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा गडबडी भएकोप्रति छानबिन समितिको नेतृत्व कांग्रेसले लिने सहमति भएको छ, जसप्रति रास्वपाले विरोध जनाएको हो।


सम्बन्धित समाचार