२३ असार, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
भेटका क्रममा चौधरीले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई ‘विनाकारण बर्खास्त’ गरेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बालुवाटार स्रोतले जनाएको छ। चौधरीले सुदूरपश्चिम प्रकरणलाई लिएर संघीय सरकारलाई नागरिक उन्मुक्ति पार्टीले दिएको समर्थनबारे पुनर्विचार गर्ने संकेत समेत दिएको बुझिएको छ।
यसअघि नै सुदूरपश्चिमका मन्त्री हटाइएको विषयलाई लिएर रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिई विपक्षमा बस्ने घोषणा गरिसकेका थिए। यही बीचमा आज बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।














