२४ असार, काठमाडौं । प्रहरीले स्रोत नखुलेको १ करोड ४४ लाख नगदसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियन रहेका छन्।
काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँबस्तीस्थित एक घरमा भाडामा बस्ने वाङको कोठाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

















