Logo

२२ असार, काठमाडौं । नेपाली कांग्रेसको चर्को दबाबपछि’भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रतिनिधिसभाको आजको कार्यसूचीबाट हटाइएको छ ।

सत्ता साझेदार कांग्रेसले विधेयकमाथि पर्याप्त छलफल आवश्यक रहेको भन्दै यसलाई संसदीय समितिमा फर्काउनुपर्ने अडान राखेको थियो । संसद सचिवालयले आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयकलाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची तय गरेको थियो।

तर, कांग्रेसका सांसदहरू, विशेषगरी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूले यसलाई कार्यसूचीमा नराख्न तीव्र दबाब दिएका थिए ।


सम्बन्धित समाचार