Logo

२५ असार, वीरगञ्ज । तासको खालमा खेलिने एउटा दाउ हुन्छ ‘च्याखे थाप्ने’ वीरगञ्ज अहिले प्राकृतिक रुपमा पानीको संकटमा पिल्सिरहेको छ । तर, मधेस प्रदेश सरकारको नेतृत्व गरेको जनमत पार्टी पर्सा भने त्यहि तासमा खेलिने च्याखे दाउ जस्तै राजनीति गरिरहेको छ ।

पानीको अभावले पर्सा, बारा लगायत मधेस प्रदेशमै समस्या गहिरिदै गएको छ । सरदर भन्दा पहिले नै भित्रिएको मौसम देशभर फैलिएपनि मधेसको पर्सा र बारामा अझै पर्याप्त पानी परेको छैन । सिँचाईको अभावमा किसानले खेती गर्न नपाईरहेको अवस्थामा अहिले झन पिउने पानीकै अभाव हुन थालेको छ ।

यस्तो प्राकृतिक विपदमा वैकल्पिक व्यावस्थाको खोजी र नागरिकलाई राहत दिन सहयोग गर्नुपर्ने मधेस प्रदेशको जिम्मेवार पार्टी जिल्लामा भने च्याखे दाउको राजनीति गरिरहेको छ । घण्टाघरमा दुईचारजना भेला गरेर तीनै तहको सरकारलाई जिम्मेवार बनाउने बहानामा खानेपानी मन्त्री प्रदीप यादव मुर्दावाद !

को नारा लगाएका छन् । प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीका मुख्यमन्त्री सतिश कुमार सिंहले गरेका छन् । तर, उनका विरुद्धमा एक शब्द पनि निकालेन । तहगत हिसाबले तीनै तहको सरकार नागरिकको माग सम्बोधन गर्न जिम्मेवार हुन्छन् । तर, संकटकै घडीमा राजनीतिक रोटी सेक्न जनमत पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले यस्तो च्याँखे दाउको राजनीति गरेका छन् ।

विपद र संकटमा जुनसुकै राजनीतिक दलले राज्य र सरकारलाई साथ र सहयोग गर्नुपर्ने दायित्व हो । किनभने यो संकट सरकार र राज्यलाई होईन नागरिकमाथि परेको हो । खानेपानीको अभावको विषय बनाएर जनमत पार्टी पर्साले बुधबार घण्टाघरमा विरोध प्रदर्शन गरेको छ ।

पार्टीका कार्यकर्ताहरुले तीन तहका सरकारलाई जिम्मेवार ठहराउँदै नारा बाजी गरेका छन् । दिन प्रतिदिन बढ्दो पानीको अभावलाई लिएर स्थानीय जनताको जीवनमा कठिनाई थपिएको छ। खासगरी, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्यहरु, र केन्द्र सरकारका खानेपानी मन्त्री प्रदिप यादव विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

तर, प्रदेशको जिम्मेवार मधेस प्रदेश सरकारको भने उनले बचाउन गर्न खोजका छन् । वीरगञ्ज महानगरपालिका भित्र बोरिङ्ग जडान गरिएको भए पनि, पार्टीको कार्यकर्ताहरुको घर अगाडि नै बोरिङ्ग जडान गरिएको आरोप जनमत पर्साको छ । यसलाई सरकारको विभेदपूर्ण कदम भन्दै आलोचना गरेका छन् ।

नागरिकको सेवामा कुनैपनि राजनीतिक दलको समान व्यवहार छैन । यदि समान व्यवहार हुँदो हो त जुनसुकै सरकारले गर्ने काममा विरोध गरिरहनुपर्ने आवश्यकता नै हुदैन । सरकारको विभेदपूर्ण व्यवहारको विरोध स्वभाविक भएपनि जायज विषय र राजनीतिक परिस्थितिमा त्यो उचित होला ।

प्राकृतिक विपद र संकटमा पनि सरकार तथा सत्ताधारी राजनीतिक दलहरुले विभेदपूर्ण व्यवहार गरेमा त्यसको विरोध हुनुपर्छ । गर्नुपर्छ त्यसमा जनताले पनि साथ दिन्छन् । तर, आफ्नै सरकार हुँदापनि आफ्नो सरकार नभएकोमा मात्रै विरोध गर्नुचाहिँ राजनीतिक च्याखे दाउ भन्ने आम नागरिकले पनि बुझेका छन् ।

मधेस प्रदेशमा जनमत पार्टीकै नेतृत्वमा सरकार रहेको छ । आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारलाई केही नभन्ने स्थानीय तह र संघीय सरकारलाई मात्रै दोष देखाएर जनमत पार्टी पर्साले दोहोरो चरित्र देखाएको छ ।


सम्बन्धित समाचार