प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२५ असार,वीरगञ्ज । मधेश प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरूले प्रस्तावित बजेटमाथि असन्तुष्टि जनाउँदै चर्को विरोध प्रदर्शन गरेका छन्। प्रतिपक्षीको अवरोधका कारण सभामुखले आजको बैठक स्थगित गरी भोलि दिउँसो १ बजे पुनः बस्ने गरी समय तोकेका छन्।

सभामुखको आसन अगाडि उभिएर आफ्नो धारणा राख्दै एक प्रतिपक्षी सांसदले वर्तमान बजेटलाई असमान र बिचौलियाको प्रभावमा तयार पारिएको आरोप लगाए। उनले प्रतिपक्षी दल कुनै पनि हालतमा यस्तो बजेटको साक्षी नबस्ने स्पष्ट पारे। उनले लोकतन्त्रको मन्दिरमा यसरी बजेटमाथि असन्तुष्टि हुँदा पनि सत्तारुढ दलका सांसदहरूको उपस्थिति न्यून हुनुले बजेटमाथि व्यापक असन्तुष्टि रहेको प्रमाणित हुने तर्क गरे।

प्रतिपक्षी सांसदले आफ्ना मागहरू पूरा नभएसम्म सदनको अवरोध जारी राख्ने चेतावनी दिएका छन्। प्रतिपक्षीको निरन्तर विरोधपछि सभामुखले आजको बैठक स्थगित गर्न बाध्य भएका हुन्।

 

 


सम्बन्धित समाचार