Logo

२५ असार,काठमाडौं । विशेष अदालतले काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनीसहित यसै प्रकरणमा मुछिएका महानगरका कर्मचारीहरू बसन्त आचार्य र नमराज ढकाललाई भने जनही ५०–५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ।

विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले यो आदेश दिएको हो।

उनीहरूमाथि ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम रकम प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का नदिई बढी कबुल गर्नेलाई ठेक्का दिएको भन्दै उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। घटनाबारे थप अनुसन्धान जारी रहनेछ।

 


सम्बन्धित समाचार