प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२६ असार, मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार साँझको विशेष सूचनाका आधारमा २६ बोरा गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी तथा प्रवक्ता कोपिला चुडालका अनुसार उखुबारीभित्र लुकाइ राखिएको अवस्थामा गाँजा फेला परेको हो। हाल बरामद गाँजा प्रहरीको नियन्त्रणमा राखिएको छ।

घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै, गाँजा ओसारपसारमा संलग्नहरूको खोजी कार्य तीव्र बनाइएको छ।


सम्बन्धित समाचार