Logo

२६ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाएको छ।

पार्टी सचिवालय बैठकले गरेको निर्णयअनुसार, रास्वपाले केही दिनभित्र उपनिर्वाचनका लागि इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्नेछ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गरिने जानकारी दिए।

बैठकले सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ।


सम्बन्धित समाचार