Logo

२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम बेगर नै आर्थिक वर्ष २०८२/०८३ को बजेट आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिविको सभामा रजिस्ट्रार प्रा।डा। केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार को बजेट प्रस्तुत गरेका हुन् ।

त्रिविको यो बजेट गत वर्षको भन्दा ७.४८ प्रतिशतले बढी हो । जसमा त्रिविको आफ्नै स्रोतबाट ४९।३९ प्रतिशत र सरकारको अनुदानबाट ५०।६१ प्रतिशत बजेट प्राप्त हुनेछ । बजेट प्रस्तुत गरेका रजिस्ट्रार रिजालका अनुसार ८५ प्रतिशत बजेट तलब भत्तामा खर्च हुनेछ ।

‘१४.८८ प्रतिशत विकासमा खर्च हुन्छ । शिक्षक कर्मचारी प्रविधिमैत्री बनाउन क्षमता अभिवृद्धिका लागि १७ करोड ४३ लाख ४० हजार छुट्टाएको छ । अब नयाँ शिक्षक राख्न लागेको भएर उनीहरूलाई सेवाकालीन तालिम राम्रो दिनको लागि हो,’ रजिस्ट्रार रिजालले भने ।

त्रिविले अनुसन्धानको लागि ३७ करोड ७ लाख २३ हजार छुट्टाएको छ । यो कुल बजेटको १.३१ प्रतिशत हो । अनुसन्धानको लागि २ प्रतिशत छुट्टाउनु पर्ने हो तर कम बजेट छुट्टाइएको छ । त्रिविको सूचना प्रविधि संयन्त्र विकास गर्न २ करोड छुट्टाइएको छ ।

सभाले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औं ग्रेसलिष्ट पनि पारित गरेको छ ।


सम्बन्धित समाचार