२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीहरूका लागि सटही सुविधा अन्तर्गत लैजान पाउने विदेशी मुद्रा (अमेरिकी डलर) को सीमा बढाएको छ ।
अब नेपाली नागरिकहरूले २ हजार ५ सय डलरको सट्टा अधिकतम ३ हजार अमेरिकी डलरसम्म साथमा लैजान पाउनेछन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आज असार २७ गते सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीति मार्फत यो घोषणा गरेका हुन्।
यो नीतिले विदेश भ्रमणमा जाने नेपालीहरूलाई थप आर्थिक सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले अन्तर्राष्ट्रिय यात्राका क्रममा हुने खर्च व्यवस्थापनमा केही सहजता ल्याउनेछ।















