प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२७ असार,वीरगञ्ज । सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा हुन सकेन। विभागले भनिएको ’स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेसँगै यस क्षेत्रका बासिन्दाले वर्षायाममा थप समस्या भोग्नुपर्ने भएको छ।

विसं २०८१ को वर्षायाममा आएको बाढीले पर्साका ग्रामीण भेगलाई वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा जोड्ने तिलाबे पुलमा क्षति पु¥याएको थियो। बाढीले पुलको फाउण्डेसनसँगै रहेको पिलरमा क्षति पुगेपछि पुल जोखिममा छ। हाल पुलबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ, जसले गर्दा स्थानीयको आवतजावतमा ठूलो समस्या उत्पन्न भएको छ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तिलाबे खोलामा स्टिल बेलिब्रिज उपलब्ध हुन नसकेकाले सडक ’एप्रोच’ र जडानका लागि आह्वान गरिएको ठेक्का रद्द भएको हो।

“यसअघि सडक विभागले चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी बेलिब्रिज जडान र एप्रोच सडक निर्माणका लागि रु तीन करोड ३० लाखको ठेक्का आह्वान गरेको थियो,“ पटेलले भन्नुभयो, “एक साताभित्रै स्टिल बेलिब्रिज जडान गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो। तर, वर्षायाम सुरु भइसकेकाले काम रोकिएको हो।“

कार्यालय प्रमुख पटेलले आर्थिक वर्ष सुरु हुनेबित्तिकै तिलाबे पुलको सडक एप्रोच र बेलिब्रिज जडानका लागि पुनः बोलपत्र आह्वानको प्रक्रिया अघि बढाइने जानकारी प्राप्त भएको बताउनुभयो। यो ढिलाइले वर्षायामभरि स्थानीय जनजीवन थप प्रभावित हुने निश्चित छ।

 


सम्बन्धित समाचार