प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२८ असार, बैतडी । बैतडीको पाटन नगरपालिका–६, खिपाली मोडमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ गइरहेको सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप बिहान करिब ६ बजेतिर झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१, नगराउका २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो।

घाइते हुनेहरूमा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट छन्।

प्रहरीका अनुसार कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। अन्य चार जना सामान्य घाइतेको उपचारपछि डिस्चार्ज गरिएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार