प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

फाइल फोटो

२८ असार,वीरगञ्ज । पर्साको विकट मानिने ठोरी गाउँपालिका–३ को शिकारीबास खोलामा तटबन्ध निर्माण गरिने भएको छ। खोलाको बहाव बढेर पुरानो शिकारीबास बस्ती कटान गर्न थालेपछि तारजाली र बोरासहितको तटबन्ध निर्माण गरी कटान रोक्न लागिएको हो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इन्जिनियर राकेश साहका अनुसार, ठोरीको शिकारीबासमा डुबान र कटानको जोखिम बढेकाले करिब १० लाख रुपैयाँको लागतमा तटबन्धसहित जालीको व्यवस्था गर्न लागिएको हो।

“शिकारी खोलाको कटानले बस्तीमा असर पार्न थालेकाले तटबन्ध गर्न लागेका हौँ,“ उनले भने, “करिब १० लाख खर्चेर बस्ती जोगाउन यो पहल थालेका हौँ।“ यहाँ करिब ७० परिवार बसोबास गर्छन्। यो बस्ती ठोरीको हुलाकी सडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्दछ।


सम्बन्धित समाचार