प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२८ असार,वीरगञ्ज । नेवा देयु दबु जिल्ला कार्य समिती पर्साको आयोजनामा हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक प्राप्त गर्ने पर्सा जिल्लाका २६ जना विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

समारोह बीरगंजस्थित होटल पुजनमा आयोजना गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा बीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह रहनु भएको थियो भने विशिष्ट अतिथिको रूपमा डा. दीपक शाक्य, सञ्जय जोशी र मधेस प्रदेशका सदस्य सुनिल श्रेष्ठ उपस्थित थिए।

कार्यक्रमको अध्यक्षता नेवा देयु दबु जिल्ला कार्य समिती पर्साका अध्यक्ष तथा कार्यक्रम संयोजक सुदर श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्था सचिव दिपेन्द्र श्रेष्ठले राख्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत र नृत्य जस्ता विविध सांस्कृतिक प्रस्तुति राखेर दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। सम्मान स्वरूप सहभागी सबै २६ जना विद्यार्थीहरूलाई प्रमुख अतिथि मेयर सिंहले खादा, प्रमाणपत्र तथा एन्ड्रोइड मोबाइल फोन प्रदान गर्नुभएको थियो।

कार्यक्रममा नेवा देयु दबुका पदाधिकारी, सदस्यहरू, अभिभावक वर्ग, तथा बीरगंजका नेवार समुदायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन मुश्कान श्रेष्ठले गरिन्।


सम्बन्धित समाचार