२९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भोलि सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले माओवादी केन्द्रका ३२ जना सांसदलाई अनिवार्य उपस्थित हुन सन्देश पठाएका छन्। सन्देशमा भनिएको छ, ’भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा. प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ।’
प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ। प्रचण्डले देशको समसामयिक राजनीतिक अवस्था, सरकारका काम कारबाही र विपक्षी दलको भूमिकाबारे आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।

















