Logo

३० असार,काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रति तोलामा ४०० रुपैयाँले बढेको छ।

आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार प्रति तोलामा २ हजार २८५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित समाचार