Logo

३० असार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीनवटा महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्। शीतल निवासले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम ती विधेयकहरू प्रमाणीकरण भएका हुन्।

प्रमाणीकरण भएका विधेयकहरूमा ’आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ’नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ’राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन्।

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका उक्त विधेयकहरू राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन्। यो प्रमाणीकरणसँगै आगामी आर्थिक वर्षका लागि सरकारी खर्च, राजस्व परिचालन र राष्ट्र ऋण व्यवस्थापनका लागि कानुनी आधार तयार भएको छ।


सम्बन्धित समाचार