३१ असार,काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल ले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष मंगलबार पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सोमबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो।
यसअघि, नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझा का बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरी को अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बनमा परेका थिए।
यसैबीच, छानबिन समितिका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओली ले आज आफ्नो नियुक्ति पत्र बुझेका छन्।















