Logo

३१ असार,काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओली को सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल ले न्यौपानेलाई उक्त जिम्मेवारी तोकेका हुन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराई द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ।“

घुस प्रकरणमा मुछिएका तत्कालीन मन्त्री राजकुमार गुप्ता ले मंगलबार राजीनामा दिएसँगै न्यौपाने मन्त्रीमा नियुक्त भएकी हुन्।


सम्बन्धित समाचार