Logo

३२ असार,वीरगञ्ज । बाराको मटिअर्वा नाकामा मलखाद तस्करी नियन्त्रण गर्न खोज्दा केही व्यक्तिले टायर बालेर प्रदर्शन गरेका छन्। बुधबार बिहान करिब १० बजेदेखि ११ बजेसम्म नाकामै गरिएको प्रदर्शनका कारण केहीबेर क्षेत्र तनावग्रस्त बनेको थियो।

प्रहरीका अनुसार, भारतबाट किसानको नाममा मल तस्करी गर्ने प्रयास भइरहेको थियो। तस्करी नियन्त्रणमा कडाइ गरिएपछि केही स्थानीयले त्यसको विरोधस्वरूप सडकमा टायर बाल्दै प्रदर्शन गरेका हुन्। बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले किसानको नाममा भन्सार जाँच नपु¥याई मल भित्र्याउने प्रयास भइरहेको बताए। “कडाइ गर्दा केही व्यक्तिले अनावश्यक रूपमै विवाद सिर्जना गरे, तर अहिले स्थिति नियन्त्रणमा छ,“ उनले भने।

प्रदर्शनपछि भएको छलफलमा किसानको वास्तविक रेकर्ड राखी मात्रै मल ल्याउने सहमति भएपछि विवाद सुल्झिएको प्रहरीले जनाएको छ। यद्यपि, प्रहरीले किसानको नाममा हुने तस्करी प्रवृत्तिविरुद्ध अझ कडाइ गरिने चेतावनी दिएको छ।

स्थानीय प्रशासनले भने किसानको हकमा मलको सुनिश्चित आपूर्ति गरिने भए पनि तस्करी र कालोबजारी सह्य नहुने स्पष्ट संकेत दिएको छ।


सम्बन्धित समाचार
भर्खरै