Logo

३२ असार,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ। राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको छ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शपथ ग्रहण आज दिउँसो ३ बजे हुने जानकारी दिएको थियो, जुन समय तीन घण्टा पछाडि सारिएको हो।

न्यौपानेलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए। यसअघिका मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरिएको हो।


सम्बन्धित समाचार
भर्खरै