Logo

१ साउन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो साढे ३ बजे समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दैछ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा हुने उक्त पत्रकार सम्मेलनमा विभिन्न महत्त्वपूर्ण विषयहरूमा पार्टीको आधिकारिक धारणा प्रस्तुत गरिनेछ।

रास्वपाले पछिल्लो समय पार्टी सभापति रवि लामिछानेप्रति ’राजनीतिक प्रतिशोध’ भएको भन्दै हस्ताक्षर अभियान चलाउँदै आएको छ। यस अभियानका साथै पत्रकार सम्मेलनमा सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायतका विषयमा पनि पार्टीले आफ्नो भनाइ राख्ने प्रवक्ता झाले जानकारी दिनुभयो।

पार्टीले देशको वर्तमान राजनीतिक अवस्था, आफ्ना गतिविधि र भावी योजनाका बारेमा प्रकाश पार्ने यस पत्रकार सम्मेलनलाई चासोका साथ हेरिएको छ।

 


सम्बन्धित समाचार
भर्खरै