Logo

१ साउन, काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र परेका नेपालीहरूलाई अब सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, केरुङ नाका पूर्ण रूपमा अवरुद्ध भएपछि यो वैकल्पिक व्यवस्था मिलाइएको हो। यसका लागि चीन सरकारसँग कूटनीतिक पहल समेत थालिएको उनले जानकारी दिए। केरुङमा कामको सिलसिलामा रहेका नेपालीहरूका साथै कन्टेनर चालक र सहचालकहरूलाई प्राथमिकतामा राखेर जतिसक्दो चाँडो स्वदेश फर्काउने पहल भइरहेको पौडेलले बताए।

गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी रूप लिएको थियो। यस बाढीमा परी हालसम्म ११ वटा शव र मानव अंगहरू फेला परेका छन् भने १८ जना अझै सम्पर्कविहीन छन् ।


सम्बन्धित समाचार
भर्खरै