Logo

१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको समर्थनमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर सङ्कलन गरेको जानकारी दिएको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका नेता दीपक बोहराले यो अभियानलाई अझै व्यापक बनाइने बताएका छन् । रास्वपाले सरकारले सभापति लामिछानेमाथि ‘राजनीतिक प्रतिशोधु साँधेको आरोप लगाउँदै गत असार ७ गतेदेखि यो हस्ताक्षर अभियान सुरु गरेको थियो। नेता बोहराका अनुसार, साउन ५ गतेबाट सभापतिको अपिल र हस्ताक्षर अभियानसहित घरदैलो कार्यक्रम पनि सुरु गरिनेछ ।

अभियानलाई केन्द्रीय कार्यालयका साथै प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ राखेर अगाडि बढाउने तयारी रास्वपाले गरेको छ । बोहराले अभियानका लागि हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको बताए। यद्यपि, हस्ताक्षर फारम र अपिल छाप्ने लगायतका कार्यमा भने ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको पनि उनले जानकारी दिए ।

 


सम्बन्धित समाचार