Logo

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूका लागि महत्त्वपूर्ण नयाँ नियम लागू गरेको छ।

अब, विदेशी मुद्रा सटही गर्नका लागि बैंक खाता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यो नयाँ व्यवस्था थपेको छ।

मुख्य परिवर्तन के–के हुन् ?

राहदानीका आधारमा पाइने सटही सुविधा होस् वा औपचारिक भ्रमण बापतको सुविधा, अब परिवर्त्य विदेशी मुद्रा सिधै बैंक खातामा जम्मा गरिनेछ। यदि तपाईंसँग विदेशी मुद्राको खाता छैन भने, नयाँ खाता खोलेर पनि यो सुविधा लिन सकिनेछ । सटही सीमामा वृद्धिस् भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकहरूले प्रतिपटक पाउने राहदानीबापतको सटही सुविधामा पनि वृद्धि गरिएको छ।

अब, पहिलेको अमेरिकी डलर २,५०० को सट्टा अमेरिकी डलर ३,००० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा साट्न सकिनेछ। यो परिवर्तनले विदेशी मुद्राको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैले, अब विदेश भ्रमणको योजना बनाउँदै हुनुहुन्छ भने, आफ्नो बैंक खाताको व्यवस्था गर्न नबिर्सनुहोला ।


सम्बन्धित समाचार
भर्खरै