Logo

२ साउन, काठमाडौं । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिनुभएको छ।

उहाँले बिहीबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा बुझाउनुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता सह–रजिस्ट्रार अच्युत कुइँकेलले न्यायाधीश लम्सालले आफ्नो राजीनामामा स्वास्थ्य अवस्थालाई कारण देखाएको बताउनुभएको छ ।

यो राजीनामालाई केही अप्रत्याशित मानिएको छ, किनभने उहाँको उमेर हदका कारण अवकाश हुन अब एक वर्ष मात्र बाँकी थियो। अवकाशको नजिकै आएर स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुले न्यायिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन् ।


सम्बन्धित समाचार
भर्खरै