Logo

२ साउन, काठमाडौं । गत वर्ष साउन ९ गते पोखरातर्फ उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको (एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित एक विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभयो। प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनै पनि पूर्वधारणा वा दबाबबिना आयोगले निष्पक्ष प्रतिवेदन तयार पारेको र मन्त्रालयले त्यसलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिवेदन बुझाएपछि मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सर्वसाधारणका लागि पनि यसलाई सार्वजनिक गरेको छ।

दुर्घटनाको पृष्ठभूमि

गत वर्ष साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको उक्त जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा १८ जनाको दुःखद मृत्यु भएको थियो भने पाइलट मनीष शाक्यलाई जीवितै उद्धार गरिएको थियो ।

दुर्घटना भएको दिन नै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले विस्तृत अध्ययन, अनुसन्धान र विश्लेषणपछि यो प्रतिवेदन तयार पारेको हो । यस प्रतिवेदनले भविष्यमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिन महत्त्वपूर्ण सुझावहरू समावेश गरेको अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार